वीरगन्ज :

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शुक्रबार जन्मिएको दुई घन्टा नबित्दै चोरी भएको शिशु आइतबार भेटिएका छन् । प्रहरीले शिशु चोरी कार्यमा संलग्न लालसा देवीलाई पर्साको बेलवा गाविस ९ मिलनचोकबाट पक्राउ गरेको हो।

वीरगन्ज १ छपकैयाकी आशादेवीले अस्पतालमा शुक्रबार बिहान पौने ११ बजे जन्माएको नवजात शिशु (छोरा) एक अपरिचित महिलाले शुक्रबार दिउँसो डेढ बजे अस्पतालको बेडबाटै चोरेकी थिइन् ।

अस्पतालको शैयाबाटै शुक्रबार दिउँसो चोरी भएको नवजात शिशु शनिबार साँझसम्म फेला पर्न नसक्दा आमा आशादेवीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको थियो ।

अपरिचित एक महिलाले अस्पतालको बेडबाट बच्चा चोरेर फरार भएकी थिइन् । शुक्रबार अस्पतालबाट चोरी भएको बच्चासहित ती महिलालाई प्रहरीले आइतबार दिउँसो पर्साको बेल्वामा फेला पारेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।
प्रहरीले पक्राउ परेकी महिलालाई केही बेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने उपरीक्षक जोशीले जानकारी दिए।
‘बच्चा र बच्चा चोरेर भाग्ने महिला दुवैलाई फेला पारिएको छ’, प्रहरी नायव उपरिक्षक जोशीले भने, ‘अहिले ३ बजे पत्रकार सम्मेलन गरेर घटनाको सबै विवरण सार्वजनिक गर्छौ ।’
बच्चा चोरी भएपछि बच्चाका अभिभावक र गाँउलेले दुई दिनसम्म अस्पतालमा प्रदर्शन गरेका थिए । शनिबार दिउँसो अस्पतालमा भएको वार्तामा प्रहरी र अस्पताल प्रशासनले चोरी भएका बच्चाको खोजी गर्न प्रतिबद्धता जनाएपछि शनिबार दिउँसो ३ बजेदेखि प्रदर्शन स्थगित भएको थियो,अन्न्पूर्णबाट

