Aamsanchar

ऊर्जामन्त्रीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण

Author Image
आइतवार, माघ २३, २०७३

झापा ।

नागरिक समन्वय समितिसहितका एक दर्जन संस्थाले आज ऊर्जा मन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ समक्ष बीएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिई नियमित पठनपाठन यथाशीघ्र सञ्चालनको वातारण बनाइदिन ज्ञापनपत्र बुझाएका छन् ।

निरीक्षणको क्रममा धाइजनस्थित बीएण्डसी मेडिकल कलेज र विर्तामोडस्थित बिएण्डसी हस्पिटल पुग्नुभएका मन्त्री शर्मालाई समितिको तर्फबाट विर्तामोडमा प्रेम नेम्वाङले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले वास्तविकता अध्ययन गरी सकारात्मक कदम अगाडि बढाउने बताउनुभयो । धाइजनबासीको तर्फबाट मन्त्री शर्मामार्फत प्रधानमन्त्री एवम् कुलपति तथा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुको ध्यानकर्षणको लागि ज्ञापनपत्र बुझाइएको बताइएको छ ।

धाइजन क्षेत्रको विकासको प्रतिकको रुपमा रहेको बीएण्डसी मेडिकल कलेजको स्वीकृति प्रक्रियालाई बीचमै रोक्ने कार्य भएकोमा धाइजनबासीलाई घात पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।

मेचीअञ्चलका २६ लाख नागरिकलाई सहजरुपमा विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउनका लागि बीएण्डसी मेडिकल कलेजले सम्पूर्ण पूर्वाधार पूरा गरिसकेकोले सम्बन्धनपश्चात मेडिकल कलेजको नियम र मान्यताअनुसार सुलभ मूल्यमा अध्यापन तथा उच्चस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने बताइएको छ ।

स्थानीय नागरिक समन्वय समिति, अभिभावक समन्वयन समिति, युवा समन्वय समिति, जनुतारा कृषि सहकारी संस्था, शिवदुर्गा बचत तथा ऋण सहकारी संस्था, शिवलक्ष्मी दिव्यधाम सत्सग समाज, बाठौं कृषि सहकारी संस्था, मेचे शिवियारी आफात, दुईरिङ्गे सहकारी संस्था, नेपाल राष्ट्रिय दलित गरिमा समूह, नागरिक वडा मञ्च धाइजन, वडा नं ४, ६, ७ र ८ का तर्फबाट मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर