Aamsanchar

झापा र मनाङ उपाधिका लागी मैदानमा

Author Image
सोमवार, माघ २४, २०७३

बिर्तामोड  ।

यो सिजनकै सर्वाधिक सफल मानिएको मनाङ मस्र्याङ्दी फुटबल क्लबसंग घरेलु मैदानमा रमपम झापा–११ फुटवल क्लवले दोस्रो रमपम झापा गोल्डकपको फाइनलको उपाधिका लागि सोमवार प्रतिष्पर्धा गर्दैछ ।
यस अघि ६ खेलमा ४ खेल जितिसकेको मनाङलाई पराजित गर्न नयाँ रणनीतिका साथ मैदानमा उत्रले रमपम झापा ११ ले बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी प्रतियोगिताको उपाधिका लागि प्रतिष्पर्धा गर्दैछ । झापाली दर्शकको साथ र राम्रो टिमवर्क सहित मैदानमा उत्रने रमपम झापा ११ले यस अघि मनाईलाई दुई पटक पराजित गरिसकेको छ ।

विदेशी खेलाडीले भरिएको मनाईलाई यस अघि नेशनल लिगमा होम ग्राउण्डमा झापा ११ले पराजित गरेको थियो । यो पटक पनि राम्रो टिम वर्कका कारण मनाङलाई पाखा लगाउँदै उपाधि जित्ने होडमा झापा ११ पुगेको झापा ११ का टिम क्याप्टेन प्रवेश कटुवाललले आइतवार आयोजित पत्रकार सम्मेलनमा बताए ।
शुक्रबारको पहिलो सेमिफाइनल खेलमा हिमालयन शेर्पालाई ४–० गोलअन्तरले पन्छाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको थियो झापा ११ ले । मनाङले भने शनिबारको अन्तिम सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगितामा यी दुबै टोलीले कम्तिमा नगद ३ लाख ५० हजार रुपैयाँ सुरक्षित गरिसकेका छन् ।
डिफेन्डिङ च्याम्पियन आर्मी यसपटक सेमिफाइनलबाटै घर फर्किएपछि आफ्नो टिमलाई केही सहज महसुस भएको झापा–११ का कप्तान प्रवेश कटुवालले बताए । ‘फाइनलमा मनाङसँगै भेट होस् भन्ने हामी पनि चाहन्थ्यौँ,’ आइतबार रङ्गशालामा आयोजित प्रि–म्याच कन्फरेन्समा प्रवेशले भने, ‘आर्मी शारीरिक रुपमा बलियो टोली थियो । मनाङ र हामी (झापा–११) टेक्निकल्ली बलियो छौँ ।’
गत वर्षको झापा गोल्डकपमा घरेलु टोली झापा–११ आर्मीसँग १–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । ‘गत वर्षको हारको पीडा भुलाउन यसपटक जीतको विकल्प छैन,’ प्रवेशले भने । झापा–११ फाइनलमा ४–३–३ को पोजिसनमा मैदान उत्रिने उनले जानकारी दिए । टिमवर्क नै झापा–११ का लागि जित्ने आधार भएको बताएका उनले सबै खेलाडी फाइनल भिड्न तयार रहेको प्रतिक्रिया दिए ।
मनाङका प्रशिक्षक छिरिङ गुरुङले आफ्नो टिम यो सिजनमा सशक्त रहेको दाबी गरे । गत वर्षको झापा गोल्डकपको सेमिफाइनलमा मनाङ आर्मीसँग पराजित भएको थियो । यसपटक सेमिफाइनलमै आर्मीलाई हराउँदै मनाङले बदला लियो । आर्मीलाई पाखा लगाएपछि उपाधि जित्नेमा आफूहरु ढुक्क रहेको प्रशिक्षक गुरुङ बताउँछन् ।

उद्दपि, उनले फाइनल खेलका लागि टिमको रणनीति भने सुनाउन चाहेनन् । ‘हाम्रो रणनीतिसँगै केही खेलाडी पनि फेरिन सक्छन्,’ उनले भने । टोली मजबुत रहेसँगै टिमवर्क पनि राम्रो हुनु नै उपाधि उचाल्ने आधार भएको उनको भनाई छ । प्रशिक्षक गुरुङले विक्रम लामा र रोहित चन्द आएपछि मनाङ झनै बलियो भएको बताए ।
अघिल्लो सिजनमा झापा र मनाङ २ पटक आमने–सामने भएका थिए । दुईवटै भिडन्तमा मनाङले बाजी मारेकाले मनोबल उच्च रहेको गुरुङ बताउँछन् । उनले झापा–११ को मिडफिल्डको भने तारिफ गरे ।
एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर