Aamsanchar

फागुन २२ देखि राष्ट्रपति रनिङ्ग शिल्ड

Author Image
सोमवार, माघ २४, २०७३

भद्रपुर।

नवौ झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता २०७३ फागुन २२ गतेदेखि हुने भएको छ ।

झापा जिल्ला खेलकुद विकास समिति भद्रपुरले आइतबार आयोजना गरेको वृहत अन्तरक्रिया तथा छलफल कार्यक्रमबाट प्रतियोगिताको मिति तोकिएको हो । भद्रपुरस्थित मेची रंगशालामा यही २२ देखि २४ गते सम्म जिल्लास्तरीय प्रतियोगिता सञ्चालन हुने खेलकुद विकास समितिले जनाएको छ ।

झापाका ७ वटा निर्वाचन क्षेत्रमा फागुन १४ देखि १९ गते सम्म क्षेत्रीयस्तरीय खेलुकद प्रतियोगिता हुने समितिका कार्यालय प्रमुख टहलदास मैनालीले जानकारी दिनुभयो ।

क्षेत्रीयस्तरबाट चयन भएका खेलाडी मध्ये यसबर्षदेखि एक खेलमा एक खेलाडी मात्र सहभागी गराइने मैनालीले जानकारी दिनुभयो । क्षेत्रीय स्तरीय प्रतियोगिता अन्तरगत झापा क्षेत्र नम्बर १ मा काकरभिटटा मावि काकरभिटटा, क्षेत्र नम्बर २ मा दुर्गा मावि गरामनी, क्षेत्र नम्बर ३ मा सरसस्वती मावि पृथ्वीनगर, क्षेत्र नम्बर ४ मा कनकाई मावि सुरङ्गा, क्षेत्र नम्बर ५ मा जनजागृती मावि गोलधाप, क्षेत्र नम्बर ६ मा खजुरगाछी मावि खजुरगाछी र क्षेत्र नम्बर ७ मा रतुमाई वृक्षरोप आयोजना खेल मैदान केर्खामा हुने भएको छ ।

यसबर्षदेखि प्रतियोगितामा आठ खेल समावेश हुने खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले जानकारी दिनुभयो । यसबर्षदेखि फुटबल र क्रिकेट खेल समावेश गरिएको छ । साथै एथ्लेटिक्स, भलिवल, कवडी, उसु, कराते र तेक्वन्दो खेल हुने छ ।

अघिल्लो बर्ष पूर्वाञ्चलस्तरीय खेलकुद प्रतियोगितामा झापा जिल्ला प्रथम भएकोले यसबर्ष पनि उत्कृष्ट खेलाडी छनौटका लागी कार्यक्रममा सहभागि विद्यालयका शिक्षकलाई जानकारी गराउदै नियम अनुसार खेल खेलाउन निर्देशन दिई सकेको अध्यक्ष थापाले बताउनु भयो ।

विद्यालय तथा खेलाडीको मुल्याकनलाई मध्यनजर गर्दै गतबर्ष भन्दा यसबर्ष पुरस्कार राशी समेत वृद्धि गरिएको छ । यसबर्ष विजेता टोलीले नगद ५० हजार र उपविजेताले २५ हजारसहित शिल्ड तथा प्रमाणपत्र पाउने उहाको भनाई छ ।

यता कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले खेलकुद प्रतियोगितामा भाग लिन झापाका सामुदायिक तथा निजी विद्यालयलाई आवहन गर्नु भएको छ । जिल्लास्तरीय प्रतियोगितामा भाग नलिने विद्यालयलाई शिक्षा कार्यालय झापाले आफ्नो नोटिसमा राख्ने उहाले बताउनुभयो ।

कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला, नेपाल शिक्षक महासंघका झापाका अध्यक्ष तेजप्रसाद चौलागाई, प्यवसन प्रदेश नम्बर १ का प्रमुख नारायण घिमिरेले लगायतले सुझाव राख्नु भएको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख टहलदास मैनालीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर