सुनसरी।
सुनसरीको धरान उपमहानगरपालिका–२२ स्थित देउराली बस्ने रितेस लिम्बुको भन्साकोठामा आइतबार आगलागी भएको छ ।
राती १० बजे भान्साकोठामा राखिएको ग्यास अचानक पड्किएर आगालागी भएको हो ।

आगलागीबाट उनको टिनको छानो भएको दुई तले भान्साकोठा, फर्निचर तथा सम्पूर्ण सामान समेत जल्दा अन्दाजी २ लाख बाबरको क्षति भएको बताइएको छ ।

आगालागी दमकल, प्रहरी र स्थानीयबासीहरुको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
Views: 118

