ताप्लेजुङ।
ताप्लेजुङको चाक्सिबोटे गाविसमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
च्याक्सिबोटे ४ बस्ने २५ वर्षीय सोम कुमारी राई सोही गाविसको रातमाटे भीरबाट झरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

श्रीमान कमल राईसँग माइतीघर गएको र उतैबाट बेपत्ता भएकाले खोजी गर्दा उनी भीरको फेदमा मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ भने घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
Views: 301


