झापा, 

झापाको बिर्तामोडबाट अबैधरुपमा भन्सार छली नेपाल भित्राउदै गरेको अवस्थामा ४ लाख ६७ हजार रुपयाँ बराबरको मोटरपार्टस इलाका प्रहरी कार्यालय बिर्तामोडले बरामद गरेको छ ।

मे १ च ४२३८ नम्बरको बसमा लुकाएर ल्याउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले सो मुल्य बराबरको समाग्री बरामद गरेको हो ।

बिभिन्न साईजका काटुनमा करिब ४ लाख ६७ हजार १ सय ७९ रुपयाँ बराबरको मोटरपार्ट रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान र बसका चालकलाई आवश्यक अनुसन्धानका लागि मेची भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ ।

Views: 146

