Aamsanchar

सुनसरी–मोरङ सिँचाइ आयोजनाको अवलोकन

Author Image
मङ्गलवार, माघ २५, २०७३

इटहरी।

सिँचाइमन्त्री दीपक गिरीले देश र जनताका लागि आवश्यक परेका साना हुन वा ठूला योजनालाई राज्यले पहिलो प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।

मन्त्री गिरीले आज सुनसरी–मोरङ सिँचाइ आयोजनाको सुनसरी बराहक्षेत्रको चतरामा रहेको नहरको मुख्य न्यू इन्टेक क्षेत्रको स्थलगत अवलोकनका क्रममा त्यस्तो बताउनुभएको हो ।

पूर्वी नेपालको कृषि भूमिको सिँचाइ सुविधा उपलब्ध गराउने महत्वपूर्ण सिँचाइ नहर किसानले चाहेअनुसार र कृषिका लागि आवश्यक परेका बेला सहजरुपमा पानी आपूर्ति हुनुपर्नेमा जोड दिँदै मन्त्री गिरीले त्यसका लागि के–कस्ता योजना कोसी नदीमा थप्नुपर्छ त्यसका लागि सरकार सचेत रहेको बताउनुभयो ।

यसअघि पनि मन्त्री गिरीले सुनसरी–मोरङ सिँचाइ आयोजनाको न्यू इन्टेक क्षेत्रका स्थलगत अवलोकन र अनुगमन गर्नुभएको थियो ।

सो क्रममा आयोजनाका प्रबन्धक तारा पौडेलले न्यू इन्टेक रहेको मुहान क्षेत्रको कोसी नदीमा पानी पश्चिमतर्फ गरिहिरिएर जाँदा नहरमा पानी नचढ्ने खतरा सिर्जना भएपछि त्यहाँ ब्यारेज निर्माणको आवश्यकता खड्किएको बताउनुभएको थियो ।

बराह क्षेत्रको सुनसरी र उदयपुरलाई एकआपसमा जोड्न पक्की पुल निर्माण गर्दा कोसीको पश्चिमपट्टिको सतह गहिरिएको र हिउँदमा नहरमा पानी लैजान ब्यारेज बनाउन कम्तिमा रु १३ अर्ब बढी खर्च गर्नुपर्ने अनुमान गरिएको छ ।

सुनसरी र मोरङ जिल्लाको ६८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर निर्वाध रुपमा सञ्चालनमा ल्याउन कोसी नदीमा राष्ट्रिय गौरवका रुपमा ब्यारेज आयोजना ल्याउनुपर्ने आवश्यकता रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१