Aamsanchar

राजनीति नगर्न शिक्षामन्त्री पौडेलको सुझाव

Author Image
मङ्गलवार, माघ २५, २०७३

दमक ।

शिक्षामन्त्री धनिराम पौड्यालले शिक्षकले राजनीति गरेका कारण सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्कँदै गएको बताउनुभएको छ ।

झापाको लखनपुरस्थित आदिवासी रङ्गशालामा सुरु भएको बाल महोत्सवको आज उद्घाटन गर्दै मन्त्री पौडेलले राजनीति गर्ने शिक्षकको अब विद्यालयमा काम नभएको उल्लेख गर्दै राजनीति गर्ने शिक्षकले काम छाड्नुपर्ने बताउनुभयो ।

मन्त्री पौडेलले कुनै दलको कार्यकारी पदमा नबसी भातृ सङ्गठनमा बस्न भने पाइने सुझाव दिनुभयो । मन्त्री पौड्यालले नेपालको शिक्षा व्यावहारिक नभई प्रमाणपत्रमुखी हुँदा शैक्षिक बेरोजगारीको सङ्ख्या बढेको बताउनुभयो ।

यही माघ २९ गतेसम्म चल्ने महोत्सवमा झापा, इलाम, सुनसरी र धनकुटाका गरी करिब डेढ लाख बालबालिकाले अवलोकन गर्ने अनुमान आयोजकको छ ।  कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी हुने महोत्सवमा बालगायन, वतृत्वकला, चित्रकला, फोटो प्रर्दशनी, नृत्य, नाटक, बाल कराते, विज्ञान तथा सूचनार प्रविधिसम्बन्धी प्रतियोगिता र प्रर्दशनी हुने मूल आयोजक समितिका संयोजक सन्तोष भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर