Aamsanchar

राप्रपाका अञ्चल सचिवसहित ६ जनाद्धारा पार्टी परित्याग

Author Image
बुधवार, माघ २६, २०७३

बिर्तामोड ।

राप्रपा नेपाल समेतको एकीकरण भई बनेको पार्टी राप्रपाले प्रजातान्त्रिक मान्यताभन्दा बाहिर गएर काम गरेको भन्दै सो पार्टीको विभिन्न जिम्मेवारीमा रहेका झापाका छ जनाले पार्टी परित्याग गर्दै स्वतन्त्र बस्ने घोषणा गरेका छन् ।

सो पार्टीका मेची अञ्चल सचिव कुमार भट्टराई, झापा संगठन विभाग सचिव पदम प्रसाईं, पूर्व केन्द्रीय परिषद सदस्य तथा क्षेत्रीय सदस्य जगन्नाथ खनाल, झापा क्षेत्र नं. २ का उपाध्यक्ष रोशन विमली, जिल्ला सदस्य दुर्गा रिजाल, तेजबहादुर थापा र जिल्ला परिषद सदस्य खड्गप्रसाद ओडारीले बुधबार संयुक्त विज्ञप्ती जारी गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । राप्रपाका पूर्व जिल्ला सभापति लक्ष्मीप्रसाद ओडारीले समेत यसअघि नै पार्टी परित्यागको घोषणा गरेको बताइएका ेछ ।

‘राप्रपा नेपाल एकीकरणपछि राप्रपा भएको वर्तमान अवस्थामा पार्टीले राष्ट्र, राष्ट्रियता, हिन्दूत्व र प्रजातान्त्रिक मूल्य मान्यताभन्दा बाहिर गई काम गरेको हामीलाई महशुस भएको छ’– विज्ञप्तीमा भनिएको छ – ‘यस कुराले झापाका हामीसहित हजारौं इमान्दार कार्यकर्ता दुःखी भएका छौं ।’ उनीहरुले ०४६ सालदेखि राप्रपामा आबद्ध भई विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक सक्रिय भएको बताएका छन् ।

दोस्रो जनआन्दोलनपछि राप्रपा नेपालमा आबद्ध हुँदै संविधानसभा सदस्य निर्वाचनदेखि पार्टीका हरेक गतिविधिमा इमान्दारीपूर्वक आफूहरुले अग्रणी र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको अवस्थामा कार्यकर्ताको भावना विपरित पार्टी अघि बढेको उनीहरुको गुनासो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर