गौशाला ।
महोत्तरी जिल्लाको सुगा गाउँमा डिजे बाजाका कारण एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१५ का १२ वर्षीय अमिरुल अन्सारी रहेको परिवारजनले जनाएको छ ।
सोमबार राति गाउँमा दुईवटा बिहेमा ठूलो आवाजमा डिजे बाजा बजाएर नाचगान गरिरहेको बेला सोही नाचगान हेर्न घरबाहिर निस्केका किशोर अन्सारीको चर्को आवाजले हृदयघात भएर मृत्यु भएको चिकित्कसले बताएका छन् ।
डिजे बाजाको चर्को आवाज सुनेर बेहोस भई घर अगाडि लडेका किशोर अन्सारीलाई उपचारका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 165