Aamsanchar

धरानमा यातायात व्यवसायीको दादागिरी, सिन्डिकेट कायमै

Author Image
बुधवार, माघ २६, २०७३

सुनसरी ।

सार्वजनिक यातायातमा सिन्डिकेट लगाउन नपाइने कानुनी व्यवस्था भएपनि सुनसरीको धरानमा भने यातायात व्यवसायीहरुले धाक–धम्कीको भरमा सिन्डिकेट चलाएका छन् ।

बुधबार झापाको काँकडभिट्टाबाट ना७ख १४८ नम्बरको ‘मातृ भाग्यरेखा’ नामको यात्रीबस रुट परमिट लिएर तेह्रथुमको बसन्तपुर जान लागेकोमा धरानका यातायत व्यवसायीहरुले सो बसलाई अघि बढ्न दिएनन् ।

उनीहरुले धरानको भानुचोक, पुतलीलाइन, देसिलाइन, शान्तिपथलाइन, पानमारा बसस्ट्यान्ड, बीपी प्रतिष्ठान जाने बाटोमा दजनौं बस तेर्स्याएर कोसीका पहाडी जिल्लातिर जाने यातायातका साधन सन्चालनमा अवरोध गरेका हुन् ।

कोसी बस व्यवसायी संघ, सप्तकोसी व्यवसायी संघ, पूर्वाञ्चल यातायात व्यवसायी संघ, संयुक्त यातायात व्यवसायी संघले झापाबाट सीधै बसन्तपुर बस सन्चालनका लागि अनुमति लिएका छन् ।

तर, धरानका व्यवसायीहरुले भोजपुर जाने यात्रीलाई बसमा चढाएको निहुँ खोजेर अवरोध गरेका हुन् । पहाडी जिल्लातिर जाने यातायातका साधनमा रोक लगाइएका कारण सयौं यात्री अलपत्र परेका छन् भने स्थानीय प्रशासन मूकदर्शक बनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१