Aamsanchar

सवारी दुर्घटनामा २५७ जनाको मृत्यु

Author Image
बिहिवार, माघ २७, २०७३

(नरेन्द्र ढकाल)
झापा ।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागी विभिन्न अभियान सञ्चालन गरिरहे पनि दुर्घटना भने बढी रहेको पाइएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार चालु आर्थिक वर्ष २०७३र७४ को ६ महिनामा २५७ जनाले ज्यान गुमाएका छन् ।
पूर्वका झापा सहित १६ जिल्लामा साउन महिना देखि पुस महिना सम्म भएका १८२ पुरुष, ४६ महिला २० बालक र ९ बालिका गरि २५७ जनाले ज्यान गुमाएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका तथ्याङ्क शाखाका विजय कार्कीले जानकारी दिए । उक्त समयमा एक हजार ५७ सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा ७६७ जना गम्भिर घाइते भएका थिए भने ९९४ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहे पनि दुर्घटनामा कमी आउन नसकेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख शौरभ राणाले बताए । उनले ट्राफिक प्रहरीले दुर्घटना कम गर्न पहल गरेपनि सडकको दुरावस्थाका कारण पनि मृत्यु हुनेको संख्यामा कमी आउन नसकेको बताए ।
गत आर्थिक वर्ष २०७२र७३ को ६ महिनाको अवधिमा पूर्वका झापा सहित इलाम, पाँचथर, ताप्लेजुङ,मोरङ,सुनसरी,धनकुटा, उदयपुर, तेह्रथुम, सिराह, सप्तरी,भोजपुर, संखुवासभा, ओखलढुङ्गा लगायत १६ जिल्लामा १७८ जनाले ज्यान गुमाएका थिए । उक्त समयमा ९२४ वटा सवारी दुर्घटनामा परेका थिए ।
गत वर्षको सोही अवधिमा भएको सवारी दुर्घटनामा ६१२ जना गम्भिर घाइते भएका थिए भने एक हजार ९४ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । तथ्याङ्कका आधारमा गत वर्षको भन्दा यो वर्ष दुर्घटना बढेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारीको संख्या बढ्नु –
सडकको अवस्था सुधार नहुन तर दिन प्रतिदिन सवारीको संख्यामा बढ्नुले पनि सवारी दुर्घटना बढ्दै गएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख राणाले बताए । उनले पूर्वका सवारीको संख्या बढेपनि सडक नबढ्दा दुर्घटना बढेको बताए ।

साथै राणाले सडकको अवस्थामा सुधार नहुनु पनि दुर्घटना बढ्नुको एक कारक भएको जानकारी दिए ।
मोटरसाइकल अत्याधिक दुर्घटना–
ट्राफिक प्रहरी कार्यालयका अनुसार मोटरसाइकल अत्याधिक दुर्घटनामा पर्ने गरेको बताइएको छ । पूर्वमा पछिल्लो समय दैनिक ५–६ वटा सवारी दुर्घटनामा पर्ने र अधिकांश सवारी मोटरसाइकल नै पर्ने गरेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख राणाले बताए ।
उनले मोटरसाइकलको प्रयोग पछिल्लो समय अधिक हुन थालेकाले पनि सवारी दुर्घटनामा पर्ने गरेको बताए ।
चालकको लापरबाही र सडकको दुरावस्था–
सवारी दुर्घटना बढ्नुमा चालकको लापरबार्ही पनि एक कारक बनेको ट्राफिक प्रहरीले जनाएको छ । चाकललाई सवारी दुर्घटनाको विषयमा जानकारी गराए पनि खुल्ला सडक पाउन साथ चालकले तिब्र गतिमा सवारी हाक्ने भएकाले अधिक दुर्घटना हुने गरेको राणाको भनाई छ ।
त्यस्तै सवारी दुर्घटना दुर्घटनाको अर्को कारण सडकको दुरावस्था पनि सरको ट्राफिक प्रहरीले जनाएको छ । लामो समयसम्म पनि सडकको मर्मत नहुनु तथा सकड साँघुरो भएका कारण समेत पछिल्लो समय सवारी दुर्घटना बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
बिहान र बेलुका अधिक दुर्घटना–
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान र बेलुकाको समयमा अत्याधिक सवारी दुर्घटना हुने गरेको छ । मानिसलाई गन्तब्यमा पुग्ने पर्ने भएकाले तथा उक्त समयमा विद्यालय तथा अफिस जानु पर्ने समय तथा घर र्फकनु पर्ने समय भएकाले उक्त समयमा हतारमा सवारी सञ्चालन गरिने हुदाँ सो समयमा दुर्घटना बढ्ने गरेको पूर्व क्षेत्रीय ट्राफिक प्रमुख राणाले बताए ।
अभियान सञ्चालन जारी–
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख शौरभ राणाले सवारी दुर्घटना न्यूनीकरणका लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए ।

उनका अनुसार चाकलसंग एक मिनेट कार्यक्रम हाल पूर्वका १६ वटै जिल्लामा सञ्चालनमा रहेको छ । त्यस्तै मापसे जाँच, राडर गनको प्रयोग, विभिन्न चेतना मुलक कार्यक्रम, प्रशिक्षक लगायतका कार्यक्रमहरुलाई यथावत रुपमा सञ्चालन गर्ने राणाले बताए ।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर