Aamsanchar

एमाले नेता शेरधन राईलाई युवतीले फसाउन खोजेपछि…

Author Image
बिहिवार, माघ २७, २०७३

काठमाडौँ।

नेकपा एमालेका युवा नेता एवं पूर्वसंचारमन्त्री शेरधन राईलाई फसाउन खोज्ने एक युवती कारबाहीमा परेकी छिन्

युवा संघकी केन्द्रीय सदस्य समेत रहेकी उनलाई संघको बुधबारको बैठकले पदमुक्त गरेको हो । दोलखा घर भएकी खड्का थरकी ती युवतीले आफ्नै पार्टीका नेता एवं युवा संघका यसअघिका इन्चार्ज समेत रहेका शेरधनलाई फसाउन खोजेको अभियोग लगाइएको छ ।

पार्टी नेताविरुद्ध अस्वाभाविक गतिविधि र शंकास्पद उठबसका कारण उनलाई संगठनबाट निष्काशन गरिएको युवा संघका अध्यक्ष राजीव पहारीले बताए ।

आफ्नै पार्टीका नेताको चरित्रहत्या गर्न प्रयोग भएको तथा संगठनको अनशासन र मर्यायाविपरीत कार्य कारणका निष्काशन गरिएको युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सचिवालयमा समेत काम गर्ने मौका पाएकी ती युवतीको शंकास्पद र उछृंखल गतिविधि भेटिएपछि त्यतिबेला प्रधानमन्त्रीको सचिवालयबाट समेत हटाइएको थियो । उनले एमालेकै भोजपुरका सांसद कृपाशुर शेर्पाको इशारामा राईलाई फसाउन खोजेको आरोप लगाइएको छ । एकबर्षदेखि छाडा र अपत्यारिता एसएमएस पठाएर दुःख दिइरहेकी ती  युवतीको कनेक्सन आफ्नै पार्टीका नेता एवं जिल्लाबासी समेत रहेका कृपाशुरसँग भेटिएपछि शेरधनले न्यायका लागि पार्टीमा उजुरी समेत दिएका छन् ।

एमालेका एक नम्बर प्रदेशका उपप्रमुख रहेका राई पार्टीभित्र लोकप्रिय युवा नेता मानिन्छन् । उनी अहिलेसम्म अविवाहित छन् ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर