Aamsanchar

दलित संघको पाँचौं अधिवेशन

Author Image
बिहिवार, माघ २७, २०७३

माघ ।

नेपाल दलित संघ झापाको पाँचौं अधिवेशन गाउँ, नगरभरि नै सम्पन्न भएको छ ।
यसैक्रममा मेचीनगरमा क्षेत्र वागदास शनिअर्जुन नपामा मानबहादुर र सुरुङ्गा नगरपालिकामा नन्दकुमार सिवाको सभापतित्वमा १७ सदस्यीय समिति र प्रतिनिधि चयन भएको छ ।त्यसैगरी, विभिन्न गाउँ समितिमा अधिवेशन सम्पन्न भएको जिल्ला सचिव रञ्जिन परियारले बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल कांग्रेस झापाका सभापति उद्वव थापा, केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, राम कट्टेल, रावाआ सदस्य राजकुमार बराइली, सुन्दर ल्वागुन, गजेन्द्र नेपाली, टंक विश्वकर्मा, धु्रव कनाल, कुमार तोलाङ, अमर बराइली, हेमराज खरेल लगायतले नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई शुभकामना साथै कार्यकाल सफलताको कामना गरेका छन् ।
संघको क्षेत्रीय अधिवेशन सातवटै क्षेत्रमा माघ २७ गते र जिल्ला अधिवेशन फागुन ३ गते सम्पन्न हुने केन्द्रीय सदस्य हस्तबहादुर परियारले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर