Aamsanchar

सालनालसहितको शिशुको शव फेला

Author Image
बिहिवार, माघ २७, २०७३

दमक :

झापाको दमकमा बिहीबार दिउँसो एक शिशुको शव फेला परेको छ।

दमक १२ स्थित रतुवा खोलाको पुल मुनि सालनालसहितको शिशुको शव फेला परेको हो। शव छोरा हो वा छोरी भन्ने पहिचान नखुल्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। बेवारिसे अवस्थामा शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

शिशुको शव कसले फालेको हो भन्नेबारे अनुसन्धान गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। अनैतिक सम्बन्धबाट शिशु जन्मेको र यहाँ फालेको हुन सक्ने प्रहरीको अनुमान छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१