Aamsanchar

श्रमदानमार्फत सडक निर्माण

Author Image
शुक्रवार, माघ २८, २०७३

तेह्रथुम ।

गाउँमा मोटर बाटो निर्माण गर्न कहीँकतैबाट बजेट उपलब्ध नभएपछि पन्चकन्या–९ फूलबारीका बासिन्दाले श्रमदानबाटै सडक निर्माण थालेका छन् ।

गाविस, जिल्ला विकास समिति र अन्य निकायबाट सडक खन्न बजेट उपलब्ध नभएपछि यहाँका बासिन्दाले श्रमदानबाटै सडक निर्माण सुरु गरेका स्थानीय नारायण श्रेष्ठले बताउनुभयो ।

“धेरैतिर माग गरियो, तर कसैले सुनेनन,” उहाँले भन्नुभयो । सडक नहुँदा गाउँमा खाद्यान्नलगायत सामग्री ढुवानी गर्न तथा गाउँमा उत्पादन भएको वस्तु अन्यत्र पठाउन गाह्रो भएको छ । फूलबारीमा ३० घर परिवारको बसोबास रहेको छ ।

महिनाको पहिलो र तेस्रो शनिबार श्रमदान गर्ने गरिएको स्थानीय कुलबहादुर श्रेष्ठ बताउनुहुन्छ । अहिले करिब दुई किलोमिटर सडक निर्माण भइरहेको छ । निर्माण थालिएको डुम्रिबोटे, फूलबारी हुँदै फयाक जोड्ने सो कृषि सडक श्रमदानबाटै निर्माण गर्ने स्थानीयले बताएका छन् । सडक निर्माणपछि फूलबारीबाट सदरमुकाम म्याङलुङ तथा शुक्रबारे बजार आवतजावत गर्न सहज हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर