Aamsanchar

यसवर्ष गुलाबको आयात आधाले घट्यो

Author Image
शुक्रवार, माघ २८, २०७३

काठमाडौं,

यसवर्षको भ्यालेन्टाइन डे अर्थात प्रेम  दिवसका लागि ४५ देखि ५० लाख रुपैयाँ मात्रै बाहिरिने भएको छ । गएका वर्षहरुमा गुलाब आयातका लागि एक करोड रुपैयाँ भारत  निकासी हुने  गरेकोमा यो वर्ष झण्डै आधाले कम भएको हो ।

नेपाल फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठका यसपाली ४५ देखि ५० लाख रुपैयाँको मात्र गुलाब आयात गरिने छ । प्रेम दिदवसका लागि दुई लाख स्टिक गुलाबको मागमध्ये एक लाख स्टिक स्वदेशमा नै उत्पादन भएको छ । यसले गर्दा आयात आधाले घटेको हो ।

किसान पुष्प व्यवसायमा आकर्षित हुनु र फूल खेतीको विकास र विस्तारका लागि विभिन्न प्रयास भइरहेकाले आयात घटाउन सफल भएको कसजुले बताउनुभयो । काठमाडौं उपत्यका,  नुवाकोट, चितवन मकवानपुरलगायत जिल्लामा गुलाबको खेती हुँदै आएको छ ।

बजारमा यसपाली औसतमा एक स्टिक गुलाबको ६५ देखि ७० रुपैयाँ पर्ने  फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो । यो वर्ष झण्डै आधाले आयात घटाउन सफल भएको एसोपिसएशनले आर्थिक वर्ष ०७३÷०७४ सम्ममा गुलाब उत्पादनका लागि थप फार्म विस्तार गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर