Aamsanchar

पत्रकार गौतम सम्मानित ग्रामीण क्षेत्रको प्रकाशपुञ्ज

Author Image
शुक्रवार, माघ २८, २०७३

खुदुनाबारी,

लक्ष्मीपुर इलामको श्रोत केन्द्रिय प्रध्यानाध्यपक भेलाको अवसर पारि लक्ष्मीपुर–५, थाक्ले, इलामस्थित कृष्ण माध्यमिक विद्यालयले पत्रकार सागर गौतम सहित भूतपूर्व विद्यार्थी संघलाई सम्मानित गरेको छ ।

पत्रकार गौतमले ग्रामीण क्षेत्रको पत्रकारितामा प्रकाशपुञ्ज भई शैक्षिक जागरणमा महत्वपूर्ण योगदान गरेको भन्दै सम्मानित गरिएको थियो । गौतमलाई नगद तीन हजार सहित प्रमाणपत्र र दोसल्ला ओडाउदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इलाम लक्ष्मीपुर स्रोत केन्द्रका स्रोत व्यतिm टिकाराम निरौलाले सम्मानित गरेका थिए ।

त्यस्तै कृष्ण माध्यामिक विद्यालयमा ४ थान कम्प्युटर प्रदान गर्ने भूतपूर्व विद्यार्थीहरुलाई समेत सम्मानित गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा लक्ष्मीपुर श्रोत केन्द्रका ३२ वटा विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लक्ष्मीपुर, शान्तिपुर र गोदक क्षेत्रका विद्यालयका प्रधानाध्यापकहरुको विद्यालयको समसामयिक विषयमाथि छलफल समेत भएको थियो ।

कार्यक्रममा भूतपूर्व विद्यार्थीसंघका संयोजक पारस राई, पत्रकार सागर गौतम लगायतले बोल्नु भएको थियो । सोही कार्यक्रममा विद्यालयको नवनिर्मित ३ कोठे भवन स्रोत व्यक्ति निरौलाले रिवन काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रमको स्वागत विद्यालयका सहायक प्रधानाध्यापक अञ्जना राई गरेकी थिइन भने कार्यक्रम सञ्चालन विद्यालयका प्रधानाध्यापक घनश्याम निरौलाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर