Aamsanchar

स्वस्थानी व्रत साङ्गे

Author Image
शुक्रवार, माघ २८, २०७३

काठमाडौँ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक गरिँदै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न भएको छ ।

व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बस्नाका साथै हरेक दिन स्वस्थानी कथावाचन र श्रवण गरेका थिए ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पार्वतीले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गर्नुभएकाले परम्परागत रूपमा सो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

स्थानीय साँखुस्थित शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पौष शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए । यस वर्ष एक सय ७७ महिला र १५ पुरुषले माधवनारायण एवम् स्वस्थानीको व्रत लिएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ ।

शालीनदीका व्रतालुले सबै विधि पूरा गरी आज बेलुकी अश्वमेध यज्ञ गरी माधवनारायण स्वस्थानी मेला समापन गरेकोसमितिका अध्यक्ष राजभाइ मानन्धरले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर