Aamsanchar

सरकारले निर्वाचन मिति पर धकेलिरहेको छः वरिष्ठ नेता खनाल

Author Image
शुक्रवार, माघ २८, २०७३

इलाम ।

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले विदेशीको इशारामा निर्वाचनको मितिलाई पर धकेलिरहनुभएको आरोप लगाउनुभएको छ ।

नेकपा (एमाले) कोल्बुङ कमिटीले  बिहान आयोजना गरेको पार्टी प्रवेश तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “पहाड र हिमालबाट तराईलाई अलग्याउनु उपयुक्त होइन ।”

वरिष्ठ नेता खनालले “अहिलेसम्म हिमाल, पहाड र तराईवासी सबै मिलेर बसेका छन् तर सरकारले तराईलाई अलग्याने खेलमा लागेका छन्, यो कदापि पूरा हुने छैन्, यो नेपाली जनताको हित प्रतिकूल हुनेछ भन्नुभयो ।”

निर्वाचन मिति घोषणा गर्न अलमल गर्दै सरकार अघि बढ्छ भने एमालेले देशव्यापी रूपमा आन्दोलन गरेर देशमा चुनाव गराएरै छाड्ने बताउँदै उहाँले भारतले इलामको पशुपतिनगगर क्षेत्रमा दशगजा मिचेर निर्माणकार्य जारी राखेकाले त्यसलाई तत्काल रोक्न मागसमेत गर्नुभयो ।

वरिष्ठ नेता खनालले संविधान संशोधन प्रस्ताव ‘बेमौसमको बाजा’ मात्रै हो भन्दै यो प्रस्तावलाई कुनैपनि हालतमा पास हुन नदिने बताउनुभयो ।

एमाले कोल्बुङ गाउँ कमिटी अध्यक्ष मेहेरमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई नेता खनालले अविरको टिका लगाएर स्वागत गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर