Aamsanchar

कारागारमा जबरजस्ती करणी मुद्दाका कैदी बढी

Author Image
शनिवार, माघ २९, २०७३

झापा।

क्षमताभन्दा चार गुना बढी कैदी रहेको जिल्ला कारागार झापामा सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका कैदी रहेको पाइएको छ ।
१६ विदेशी नागरिकसहित कारगारमा अहिले जबरजस्ती करणी मुद्दाका २ सय ३५ जना कैदीले कैद भुक्तानि गर्दै आएका छन् । २ सय ५० जना कैदी राख्न सकिने क्षमता रहेको कारागारमा हाल ८ सय ४७ जना कैदी रहेका छन् ।
जसमा ३ सय ४८ जना पुरुष, ५० महिला छन् भने थुनुवाका ४ सय १९ पुरुष, २६ महिला र २ नाबालक तथा २ नाबालिका आश्रित भएर कारागारमा बन्दी जीवन बिताइरहेको जिल्ला कारागार झापाका जेलर यज्ञराज निरौलाले बताए । उनका अनुसार ८ सय ४७ जना कैदीमध्ये ४ महिलासहित ५९ जना विदेशी नागरिकले कैद भुक्तानि गरिरहेका छन् । कारागार स्रोतको तथ्यांक अनुसार जबरजस्ती करणी मुद्दाका ६५ वर्ष माथिका सात जनाले कैद भुक्तानि गरिरहेका छन् ।
कारागारमा जबरजस्ती करणी मुद्दापछि सबैभन्दा बढी कर्तव्य ज्याद मुद्दामा बढी मानिस जेल परेका छन् । तथ्यांक अनुसार १ सय २६ जना मानिस कर्तव्य ज्यान मुद्दामा जेल परेको जेलर निरौलाले बताए । जसमा चार जना विदेशी नागरिक रहेका छन् भने ६५ वर्ष माथिका एक व्यक्तिले जेल जीवन व्यतित गरिरहेका छन् ।
त्यस्तै, लागूऔषध ओसारपसार मुद्दामा १ सय १४ जना मानिस कारागारमा कैद भुक्तान गरिरहेका छन् । जसमध्ये १० जना विदेशी नागरिक रहेको बताइएको छ । त्यस्तै, मानव बेचबिखन मुद्दामा ६२ जना नागरिक जेल परेका छन् । ती मध्ये चार विदेशी पुरुष र दुई विदेशी महिला रहेका छन् ।
चोरीका ४२ जना, विविध २ विदेशी नागरिकसहित ५४ जना, अपहरणमा ३६ जना र चोरी मुद्दामा ४२ जना मानिस जेल परेका छन् । सैनिक ऐन र भ्रष्टचार मुद्दामा कोही पनि जेल नपरेको कारागारको तथ्यांकमा उल्लेख छ । अन्य सजायका १९ महलमध्ये १७ महलमा विदेशी नागरिकसहित ८ सय ४७ जनाले कैद भुक्तानि गरिरहेको कारागारको तथ्यांकमा उल्लेख छ । कैद भुक्तान गरिरहेका मध्ये खोटाचलन मुद्दामा २ विदेशीसहित ४ जनाले कैद भुक्तान गरिरहेको तथ्यांकमा उल्लेख छ ।

कैदीलाई सुत्नको समस्या
क्षमताभन्दा चार गुणा बढी कारागारमा कैदीबन्दी भएपछि कैदीबन्दीलाई सुत्नको समस्या भएको छ ।
कारागारको २ सय ५० क्षमतामध्ये ८ सय ४७ जना कैदी भएका कारण उनीहरुलाई सुत्न समस्या भएको बताइन्छ । सुतेको ओछ्यान छोडेर शौचालय निस्किए आउँदा अर्कै बन्दी सुतिरहेको हुन्छ – कारागारका एक बन्दीले भने ।
नाम नबताउने शर्तमा उनले भने– ‘पालो पर्खिएर नसुते विकल्पै छैन । दिउँसो सुतुम त सिपमुलक काम नगरे आय आर्जन गर्नै सकिदैन, राति सुते शौच गरेर फर्कदा आफ्नो ठाउँमा अरु नै सुतिरहेको हुन्छ ।’
थुनुवा महिलामा यो समस्या नभए पनि पुरुष कैदीबन्दीका लागि यो समस्याले सताएको छ । दिनप्रतिदिन आपराधिक गतिविधि बढ्दै जानु र कारागारको क्षमता नबढाइनुले कैदीबन्दीलाई थप समस्या भएको बताइएको छ ।
सिपमुलक काममा व्यस्त कैदीबन्दी
जिल्ला कारागार झापामा रहेका अधिकांश कैदीले सिप सिकेर कारागारभित्रै आर्थिक उपार्जन गरिरहेका छन् ।

विभिन्न संघ–संस्थाले प्रदान गरेको सिपमुलक तालिम पाएर कारागारभित्र मुडा बन्नेदेखि लिएर फर्निचर बनाउने ढाका बुन्ने, कपडा सिलाउने, शैलुन व्यवसाय, सूचीकार, बाँसबाट निर्मित विभिन्न प्रकारको सामग्री बिक्री गरेर अर्थोपार्जन गर्ने गरेको कारागारका शाखा अधिकृत यज्ञराज निरौलाले बताए ।
कारागारमा रहेका अधिकांशले सिप सिकेर आर्थिक उपार्जन गर्ने गरेता पनि बजारीकरणको समस्या रहेको बताइएको छ ।
कारागारलाई दश थान कुर्सी


जिल्ला कारागार झापामा बस्नको समस्या भएपछि बिर्तामोडमा रहेको बीएण्डसी हस्पिटलले कार्यालयलाई दश थान कुर्सी सहयोग गरेको छ ।
हस्पिटलका जनसम्पर्क अधिकारी रमेश गिरीले जिल्ला कारागार झापाका शाखा अधिकृत यज्ञराज निरौलालाई उक्त कुर्सी शुक्रबार हस्तान्तरण गरे । कुर्सी हस्तान्तरण गर्दै जनसम्पर्क अधिकारी गिरीले आगामी दिनमा कारागारलाई आवश्यक पर्ने अन्य सामग्री समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक क्षेत्रमा समेत योगदान पु¥याउँदै आएको हस्पिटलले यसअघि कारागारमा रहेका बन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधिउपचार समेत गरेको थियो । कारागारभित्रै शिविरको आयोजना गर्दै हस्पटलले त्यहाँ रहेका बन्दीलाई सेवा प्रदान गरेको थियो ।
कुर्सी हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यार्थी नेता टीकाराम मग्रान्तीले सामाजिक क्षेत्रमा बिएण्डसी पु¥याउँदै आएको योगदान सराहनीय रहेको बताए । उनले कुर्सी अभावमा कारागारले झेल्दै आएको समस्यामा केही भए पनि राहत पुग्ने धारणा राखे । यता कारागार प्रमुख निरौलाले अस्पतालले पु¥याएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर