Aamsanchar

निःशुल्क स्वास्थ्य शिविरबाट ५५९ जना लाभान्वित

Author Image
शनिवार, माघ २९, २०७३

चारआली ।

नव सृजनशील युवा समाज दुहागढीले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ५५९ जनाले सेवा लिएका छन् । विहान ९ बजेबाट सुरु भएको निःशुल्क शिविरमा फिजिसियन, आँखा, छाला तथा यौन रोग, स्त्री रोग, नशा रोग र नाक कान, घाँटी रोग विषेशज्ञले स्वास्थ्य परीक्षण गराएका थिए ।
जसमा २०७ जनाको आँखा परीक्षण गर्दा २६ जनाको आँखामा मोतिविन्दु देखिएको उपचारमा सहभागी काँकरभिट्टा आई केयरका डाक्टरले जनाएको छ । फिजिसियनका २५० जना, नाक, कान, घाँटीका १९८ जना, स्त्री रोगका १६७ जना , छाला तथा यौन रोगका ८७ जना, नशा रोगका ३०१ गरी ४५९ जनाले सेवा पाएको वी एण्ड सी टिचिड. अस्पतालका मार्केटिड मेनेजर लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । शिविरमा १६ जनाले रक्तदान गरेको रेडक्रस सोसाइटी साखा बिर्तामोडले जनाएको छ ।
शिविरमा वी एण्ड सी टिचिड. हस्पिटल प्रालि र काँकरभिट्टा आई केरयको प्राविधि सहयोग तथा स्थानीय गोरखकाली र सेन्चुरी उधोग प्रालिको प्रायोजन रहेको थियो । धुँवा, धुलो र ध्वनीका कारण स्थानीयबासी मर्का परेको बुझेका सिमेन्ट उधोगीले स्थानीय नव सृजनशील युवा समाजको अगुवाईमा उक्त कार्यक्रम गरेको हो ।
शिविरमा सर्वसाधारणलाई स्वास्थ्य सेवा दिनुपूर्व आयोजित कार्यक्रममा एकै साथ रक्तदान, वयोवृद्धाको स्वास्थ्य परीक्षण र व्यानर वाचन गरेर उद्घाटन भएको थियो । कार्यक्रमका प्रमुख अथिति उद्योग संघ झापाका अध्यक्ष टीकाराज ढकालले व्यानर वाचन गरेर उद्घाटन गरेका थिए भने, युवा समाजका उपाध्यक्ष लक्ष्मण कार्कीले १५ औं पटक रक्तदान गरेर रक्तदानको उद्घाटन गरेका थिए । त्यसैगरी दुहागढी २ का ९० वर्षीय बयोवृद्धा चन्द्रलाल न्यौपानेको स्वास्थ्य वी एण्ड सी हस्पिटलका फिजिसियन डाक्टर प्रमोदकुमार शाहले परीक्षण गरेपछि स्वास्थ्य शिविर सुरु भएको थियो ।
उक्त कार्यक्रममा संस्थाले शिक्षा, स्वास्थ्य, स्वरोजगार कार्यक्रम अन्तरगत शिक्षा क्षेत्रमा नमुनाको रुपमा विद्यालयलाई सञ्चालन गरी नेपाल सरकारबाट पुरस्कृत भइसकेको बासु निम्न माविका प्रधानाध्यापक विश्व थापालाई सम्मान गरेको थियो । सम्मानित व्यक्ति थापालाई प्रमुख अथिति ढकालले सम्मानपत्र र मायाको चिनोद्धारा सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि ढकालले उधोगी र स्थानीयको सम्बन्ध प्रगाढ हुँदा मात्रै स्थानीय क्षेत्रको विकास सम्भव हुने धारणा राखेका थिए । उनले देशको विकासका लागि सरकारले उद्योग तथा कलकारखानालाई उचित व्यवस्थापन गर्न जरुरी रहेको बताए ।
कार्यक्रमका विषेश अतिथि सेन्चुरी उधोगका सञ्चालक उमेश डालमिया, दुहागढी गाविस संयन्त्रका प्रतिनिधि जीवन प्रसाई, महिला सञ्जाल सचिव कृष्णकुमारी सुवेदी, सम्मानीत व्यक्ति विश्व थापा, वी एण्ड सी टिचिड हस्पिटलका नशा रोग विषेशज्ञ डाक्टर महेश पाठकलगायतले बोलेका थिए ।
नव सृजनशील युवा समाजका अध्यक्ष बद्री महतको सभापतित्व तथा कार्यक्रममाथि प्रकाश परेको कार्यक्रमको सञ्चालन पत्रकार महासचिव प्रकाश उप्रेतीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)