Aamsanchar

अंगोलाको फुटबल रंगशालामा भागदौड मच्चियो, १७ जनाको मृत्यु

Author Image
शनिवार, माघ २९, २०७३

काठमाडौं ।

अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।

उत्तरी शहर उईगेमा रहेको रंगशालामा भएको उक्त दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् । रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर प्रवेश गर्न खोज्दा घटना भएको थियो ।

भागदौडमा केही व्यक्ति पछारिएको र त्यहीमाथि अरु मानिसले कुल्चिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । ८ हजार व्यक्ति अटाउने क्षमताको उक्त रंगशालामा भीड बढेपछि उक्त घटना भएको हो ।(एजेन्सी)

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२
राष्ट्रपति आज जापान जाँदै
आइतवार, माघ १८, २०८२
आज नेपालले भारतसँग खेल्ने
शनिवार, माघ १७, २०८२