झापा ।

सरकारी सेवाका लागि लोकसेवा आयोगमा ६ सय ५१ जना लैंगिक अल्पसंख्यकले आवेदन दिएका छन् ।

यो बर्ष खुला गरेको रोजगारी आवेदनमा विभिन्न पदका लागि उनीहरुको निवेदन परेको आयोगले जनाएको छ । आयोगमा परेको पाँच लाख ९५ हजार ३१ आवेदकमध्ये ६ सय ५१ जना तेस्रो लिंगीको आवेदन परेको आयोगकी सूचना अधिकृत गीता कुमारी हुँमागाईले जानकारी दिनुभयो ।

संवैधानिक ब्यवस्थाअनुसार, ओदनमा पुरुष, महिला सहित तेस्रो लिंगीको समेत वर्ग छुट्याईएपछि निवेदन दिन सहज बनेको हो । आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले सरकारी सेवामा यति धेरै संख्यामा तेस्रोलिंगीको निवेदन पर्नु ऐतिहासिक सफलता भएको बताउनुभयो ।

संविधानमा समेत तेस्रो लिंगीले सरकारी जागिरका लागि आवेदन दिन पाउने अधिकार प्रत्याभूत गरेसंगै सरकारी सेवामा तेस्रो लिंगीका लागि ढोका खुलेको र यसले सबै नागरिकलाई समान अधिकार दिएको मैनालीले बताउनुभयो ।

