Aamsanchar

भट्टराई र दाहाल बीच भेटवार्ता

Author Image
शनिवार, माघ २९, २०७३

काठमाडौं :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच समसामयिक राजनीतिबारे छलफल भएको छ।

शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा संविधान संशोधन, स्थानीय तह र प्रदेशको पुन:संरचना र निर्वाचनबारेका जटिलता छिटो समाधान गर्नेबारे छलफल भएको भट्टराईले बताए।

प्रधानमन्त्री प्रचण्डले वर्तमान राजनीतिक समस्या प्याकेजमा समाधान गर्न खोज्दा अप्ठेरोमा परेको बताएको भट्टराईले जानकारी दिए। भट्टराईले मुआब्जा बढाउन बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका जनताले गरेको माग सम्बोधन गर्न पनि आग्रह गरेका थिए।

बृहत्तर जनकपुरको विकास लगायतका माग राखी नयाँ शक्ति पार्टीका नेताद्वय रामकुमार शर्मा र कलामुद्दिन राइनले आमरण अनशन बसेको १० दिन भइसक्दा पनि राज्यले बेवास्ता गरेको भन्दै भट्टराईले उनीहरुका माग छिटो सम्बोधन गर्न आग्रह गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर