Aamsanchar

मुलुकलाई सर्वोपरी राखेर जटिलतालाई अन्त्य गर्नुपर्नेमा जोड

Author Image
शनिवार, माघ २९, २०७३

विराटनगर ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रलाई सर्वोपरी राखेर मुलुकको राजनीतिक जटिलतालाई अन्त्य गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

सो पार्टीद्वारा आज विराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले सहमति गर्ने तर कार्यान्वयन नगर्ने प्रमुख राजनीतिक दलका नेताका व्यवहारका कारण राजनीतिक समस्या बल्झिँदै गएको गुनासो गर्नुभयो ।

सोह्र बुँदे सहमतिअनुसार मधेसमा तीनवटा प्रदेशसहित आठवटा प्रदेश नबनाएकै कारण राजनीतिक विवाद बढेको उहाँको आरोप थियो । “पहिला प्रमुख तीन दलबीच सहमति र सहकार्य हुनुपर्छ,” उहाँले भन्नुभयो– “त्यसपछि अन्य दलसँग सहमति गरेर राजनीतिक निकास निकाल्न सहज हुन्छ ।” संविधान संशोधन विधेयकलाई परिमार्जन नगरिएसम्म कुनै पनि निकास ननिस्कने भएकाले यसलाई सच्याउन आग्रह गर्दै मधेसमा तीन तथा पहाडमा पाँचवटा प्रदेश बनाउन गच्छदारले सुझाव दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर