Aamsanchar

जेठमा स्थानीय निकायको निर्वाचन गराउन माग

Author Image
शनिवार, माघ २९, २०७३

सोलुखुम्बु  ।

नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जेठ महिनामा जसरी भए पनि स्थानीय निकायको निर्वाचन गराउन सरकारसँग माग गर्नुभएको छ ।

यहाँ आज आयोजित जनताको बहुदलीय जनवादसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै सचिव भट्टराईले मुलुक सङ्कटमा परेकाले सबैको सहमति जुटाइ निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

मदन भण्डारी अध्ययन केन्द्रको आयोजनामा भएको कार्यक्रममा उहाँले वर्तमान सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाउनुभयो । वर्तमान सरकारले चुनाव गर्न नसके त्यसको नेतृत्व नेकपा (एमाले)ले गर्ने र शान्तिपूर्ण ढङ्गबाट जेठ महिनामा निर्वाचन गराउन आफूहरु तयार रहेको उहाँको भनाइ थियो ।

देशलाई लोकतान्त्रिक पद्धतिमा लैजानका लागि सहमतिमा आउन उहाँले सबैलाई आग्रह गर्नुभयो । सहमति भए संविधान कार्यान्वयका लागि नेकपा (एमाले) हदैसम्मको लचकता अपनाउन तयार रहेको भट्टराइले बताउनुभयो ।

प्रदेश नं १ मुलुकमै प्राकृतिक हिसाबले महत्वपूर्ण प्रदेश रहेको र पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेका हुँदा यसको प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर