विराटनगर ।
मोरङको लेटाङमा दिउँसो आगलागी हुँदा रु चार लाख मूल्य बराबरको क्षति भएको छ ।
लेटाङ–भोगटेनी–९ बस्ने भीम बाँस्तोलाको सो आगलागीबाट काठ र टिनबाट बनेको पराल राख्ने ग्वाली घर जल्दा सो मूल्य बराबरको क्षति भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
बाँस्तोलाको चार वर्षीय छोरा राहुलले आगोबाट खेल्ने क्रममा सो घटना भएको थियो । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 74