Aamsanchar

शिक्षा नियमावली चाँडै आउने

Author Image
आइतवार, फागुन १, २०७३

काठमाडौँ,

शिक्षामन्त्री धनीराम पौडेलले आगामी दुई साताभित्र संशोधित शिक्षा नियमावली जारी हुने बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय सचिवालय बैठक तथा विधान अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री पौडेलले कानुन मन्त्रालयबाट एकहप्ताभित्रै सहमति आउने र त्यसपछि मन्त्रिपरिषद्मा लगिने जानकारी दिनुभयो । गत असार १५ बाट संशोधित शिक्षा ऐन लागू भएपनि नयाँ शिक्षा नियमावली जारी हुन ढिलाइ भएको छ ।

उहाँले संसद्ले पारित गरेको ऐनको मर्मअनुसार त्यसका व्यवस्थाहरु पालना गर्ने गरी नियमावली बनाइएकोमा अर्थ मन्त्रालयले कतिपय विषयमा सहमति नदिएकाले त्यस विषयमा पनि मन्त्रिपरिषद्मा छलफल हुने बताउनुभयो ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष शङ्कर अधिकारीले विधान अधिवेशनले केही पदाधिकारीको हेरफेर, अस्थायी शिक्षक र विद्यालय कर्मचारीको माग पूरा हुनेगरी नियमावली संशोधनको माग गर्ने निर्णय गरेको जानकारी दिनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर