Aamsanchar

चेतना संरक्षण प्रतिष्ठानद्वारा पाँचजना सम्मानित

Author Image
आइतवार, फागुन १, २०७३

विराटनगर ।

चेतना संरक्षण प्रतिष्ठान नेपालले शनिबार विराटनगरमा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने पाँचजनालाई सम्मान गरेको छ ।

प्रतिष्ठानले साहित्य, धर्म–संस्कृति, समाजसेवालगायत विभिन्न विधामा योगदान पुर्‍याउनेहरुलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

सम्मानित हुनेमा साहित्यतर्फ प्राध्यपाक डा. वासुदेव त्रिपाठी, धर्म–संस्कृतितर्फ डा. गुरुप्रसाद सुवेदी, ललितकलातर्फ रमेश खनाल, समाजसेवातर्फ अनुराधा कोइराला र पत्रकारितातर्फ किशोर कार्की छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. गंगाप्रसाद उप्रेतीले उनीहरुलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर