Aamsanchar

सवारी दुर्घटनामा दुईको मृत्यु दुई घाइते

Author Image
आइतवार, फागुन १, २०७३

विराटनगर ।

पूर्वका मोरङ र सुनसरीमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।
सुनसरीः सुनसरीको इटहरी-२४ मा धरानबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ६०१२ नम्बरको बसले बिपरीत दिशातर्फ जादै गरेको को २५ प ६६३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धरान नँयाबस्ती-११ बस्ने वर्ष ३५ को गौराज सुनुवारको मृत्यु भएको छ।

साँझ ६ बजेतिर दुर्घटनाबाट गम्भिर घाइते भएका सुनुवारको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको बेलुका ७ बजे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै मोटरसाइकल पछाडी सवार  उनको ससुरा खोटांङ खार्मी १ बस्ने वर्ष ४५ को शहरमान विश्वकर्मा गम्भिर घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ भने  ठक्कर दिने बसका चालक फरार रहेकाले खोजीकार्ञ भइरहेको इलाका प्रहरी कर्यालय  इटहरीले जनाएको छ।

त्यस्तै मोरङको कोशि-हरैचा-१४ स्थित विराटचोक-बिराटनगर सडक खण्डमा  को ९ प ८४५१ नम्बरको मोटरसाइकल अनियन्त्रित को २ त ३०७० नम्बरको ट्रयाक्टरको पछाडी ठोक्किदा मोटरसाइकल चालक नाम थर वतन खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ। घटनास्थलमा इलाका प्रहरी कर्यालय हरैचाबाट प्रहरीको टोली खटिगई ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ।

यता मोरङकै सुन्दरदुलारी-१० गछियामा को १ च ७३७४ नम्बरको बलेरोले को ११ प ६३२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक मोरङ केरौन-१ बस्ने वर्ष ४५ को चमरु चौधरी घाइते भएका छन्। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने बलेरोका चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर