झापा।

फरार व्यक्तिहरु पक्राउ गर्ने सिलसिलामा झापामा जिल्लामा शनिबार बहुविबाह मुद्दाका फरार एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा शनि-अर्जुन नगरपालिका-९ सालबारी बस्ने ४१ बर्षिय प्रेमलाल चौधरी रहेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयको झापा र इलाका प्रहरी कर्यालय अनारमनिबाट सादा पोशाकमा खटिएको प्ररहीको टोलीले घर वतन बाटै पक्राउ गरेका हुन।

पक्राउ परेका चौधरीलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

Views: 164

