झापा,
नेपाल पत्रकार महासंघ झापा शाखाको आगामी फागुन ७ गते हुने निर्वाचन अन्र्तगत दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएको छ ।
उक्त चुनावी मैदानमा एमाले निकट प्रेस चौतारी एक तिर रहेको छ भने अन्य सात वटा संगठन अर्को तर रहेर चुनावी मैदानमा होमिएका छन् । चुनावी माहोल निकै तातेर गर्इ रहेको छ । स्वतन्त्र सहित सातवटा संगठनको साथ पाएका अध्यक्षका उम्मेदवार तारामणी सापकोटा रहेका छन् भने एक मात्र संगठानका उम्मेद्वार गोपाल काफ्ले पनि अध्यक्षको दाबी गर्दै चुनावी मैदानमा उत्रिएका छन् ।
निकै खरो रुपमा उत्रिएको प्यानल अन्र्तगत महिला उपाध्यक्षमा कडा ट्क्कर हुने अनुमान गरिएको छ । झापा जिल्लाका अग्रज एवं क्रियाशिल पत्रकारका रुपमा आफुलाई परिचय दिन सफल लीला अनमोल र भीमा शिवाकोटी चुवानी प्रतिपर्धामा रहेका छन् । २०५८ सालबाट कञ्चनजंघा एफ।एम हुदैं हाल रेडियो विराटकी प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालि रहेकी अनमोल पत्रकार माझ निकै लोक प्रिय मानिन्छन् ।
उनी दुई दर्जन बढी संघसंस्थामा क्रियाशिल रहेकी छन् भने साहित्य तर्फ पनि अग्रस्थानमा आउन सफल भएकी छन् । रेडियो विराटमा कार्यक्रम प्रस्तोता मात्र नभएर राम्रो समाचार बाचिकाको समेत परिचय बनाएकी अनमोलको प्रतिस्पर्धीको रुपमा आफुसंगै काम गर्ने भीमा शिवाकोटी प्रतिस्पर्धामा उत्रिएकी छन् ।
कञ्चनजंघा एफ।एम स्थानपना भएदेखि नै उक्त एफ।एममा कार्यरत रहेकी शिवाकोटी केही वर्षदेखि मात्र पत्रकारितामा लागेकी छन् । कार्यक्रम प्रस्तोता भएपनि पत्रकारिताको क्षेत्रमा भने उनि पछिल्लो पिडिकी पत्रकार मानिन्छन् ।
यी दुई उम्मेद्वारको विश्लेषण पत्रकारहरु बीच हुन थालेको छ । अनमोलले आफुभन्दा उमेरले दिदी प्रतिस्पर्धी भएपनि कामको अनुभवले भने आफुले पत्रकारिताको विषयमा धेरै ज्ञान हासिल गरेको दाबी गरिन् ।
युवा तथा अग्रज पत्रकार माझ लोकप्रिय अनमोलले प्रबन्ध निर्देशक भएर गरेको कामले महिलाले पनि केही गर्न सक्छन् भन्ने कुरालाई एक पटक मनन् गर्ने की ?