Aamsanchar

सिरहामा अज्ञात समूहद्वारा एक व्यक्तिमाथि गोली प्रहार

Author Image
आइतवार, फागुन १, २०७३

सिराहाः

सिरहामा अज्ञात समूहले एक व्यक्तिमाथि गोली प्रहार गरेको छ।

र्मिचैया–२ मा अज्ञात समूहले आइतबार बिहान स्थानीय लालु खानमाथि गोली प्रहार गरेको हो। गोली प्रहारबाट खान गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी प्रमुख शेखर कोइरालाले जानकारी दिए।

मलहनियाबाट र्मिचैया फर्किने क्रममा अज्ञात समूहले खानमाथि गोली प्रहार गरेको हो। खानलाई चारवटा गोली लागेको छ।

घाइते खानको र्मिचैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। खान भूमिगत पार्टीमा आबद्ध रहेको र उनीमाथि व्यक्तिगत रिसिइबीका कारण गोली प्रहार भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर