Aamsanchar

दमक क्याम्पसमा तीन विद्यार्थी संगठनले गरे तालाबन्दी

Author Image
आइतवार, फागुन १, २०७३

दमक :

बिभिन्न तीन विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक गर्न माग गर्दै दमक बहुमुखी क्याम्पस सञ्चालक समिति र निर्वाचन कार्यालयको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका छन्।

त्रिभुवन विश्व विद्यालयले आफूहरुको माग बेवास्ता गर्दै अघि बढेको भन्दै समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र अखिल क्रान्तिकारी (विप्लव) ले तालाबन्दी गरेका हुन्।

त्रिविले आफुहरुको माग सम्बोधन नगरे सशक्त आन्दोलन गर्ने समाजवादी विद्यार्थी फोरमका केन्द्रीय सदस्य गुमानसिंह लिङ्देनले चेतावनी दिए। यही व्यवस्थामा स्ववियु निर्वाचन भए आफूहरुलाई मान्य नहुने उनले बताए।

यसअघि विद्यार्थी फोरमसहित विभिन्न आठ वटा विद्यार्थी संगठनले स्ववियु निर्वाचन हुने झापाका क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर