Aamsanchar

शिक्षक मैत्री वचत तथा ऋण सहकारी संस्था सञ्चालनमा

Author Image
आइतवार, फागुन १, २०७३

[शान्तिराम बस्नेत]
शिवसताक्षी,


नेपाल शिक्षक संघसंग आवद्ध शिक्षक शिक्षिकाहरुले दूधे स्रोतकेन्द्र स्तरीय शिक्षक मैत्री वचत तथा ऋण
सहकारी संस्था सञ्चालनमा ल्याएका छन् ।
दूधे स्रोतकेन्द्र भवनमा सम्पन्न भेलाले लालमणि सुबेदीको अध्यक्षतामा ५ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी ढकाल, सचिवमा चुडामणि ढकाल र सदस्यहरुमा विष्णु सुब्बा र कमला बस्नेतलाई सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरी सोही भेलाले काजी पाठकको संयोजकत्वमा एक सल्लाहकार समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा टीका प्रसाद घिमिरे, महेश खड्का, बालकुमारी अधिकारी र देनु फेउदेन रहेका छन् ।
शिक्षक मैत्री वचत तथा ऋण सहकारी संस्था, झापाका कार्यवाहक अध्यक्ष प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तेजप्रसाद चम्लागाँईं, नेत्र प्र. खरेल, चित्रकला वली, गोपाल भुजेल, देवेन्द्रचन्द्र सिंह राजवंशी र लीला भण्डारीले नवनिर्वाचित सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए भने दीपक न्यौपाने, गोविन्द काफ्ले, हेतिराज निरौला, कमल बस्नेत लगायतले शिक्षक संघले अब गर्नुपर्ने महत्वपूर्ण कार्यहरु कसरी सम्पन्न गर्ने ? सदस्यता विस्तार कसरी गर्ने ?

शिक्षक संघद्वारा गठित शिक्षक मैत्री वचत तथा ऋण सहकारी संस्थालाई कसरी अगाडी बढाउने जस्ता विषयमा विचार राखेका थिए ।
नेपाल शिक्षक संघ क्षेत्र नं. ५ का सभापति राजकुमार ठाकुरको अध्यक्षमा सम्पन्न भेलाको सञ्चालन सचिव काजी पाठकले गरेका थिए ।
दूधे स्रोतकेन्द्रभित्र २३ वटा सामुदायिक विद्यालयहरुमा करीब १ सय भन्दा बढी शिक्षक संघसंग आवद्ध शिक्षकहरु रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)