Aamsanchar

खप्तडी बस्नेतहरुको एकताको अभियान अन्तर्गत झापामा भेला सम्पन्न

Author Image
आइतवार, फागुन १, २०७३

[शान्तिराम बस्नेत]
शिवसताक्षी


नेपालको पश्चिम खप्तडी क्षेत्रको प्रथम मुलघर बाट वंश बिस्तार भई नेपालको ७५ जिल्ला लगायत बिश्वका विभिन्न मुलुकमा वंश बिस्तार भई पुगेका खप्तडी बस्नेतहरुले एकताको अभियान अन्तर्गत झापामा पनि सम्पन्न गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकबाट थालिएको अभियानले सर्वप्रथम रोजगारी सिलसिलामा गएका युएईका खप्तडी बस्नेतहरुले आधिकारिक रुपमा एकता अभियान थालेपछि नेपालैभरी सो चलिरहेछ ।
यसै शिलशिलामा गत शनिबार झापाको चारपानेमा सम्पन्न भेलाले बिर्तामोडका जगत बहादुर बस्नेतको अध्यक्षमा १६ सदस्यीय जिल्ला समिति चयन भएको छ ।
जसको उपाध्यक्षमा बैगुन्धुराका बाबुराम बस्नेत, सचिवमा बिर्तामोडका रमेश बस्नेत, सहसचिवमा ज्यामिरगढीका हरी बस्नेत र कोषाध्यक्षमा कनकाई नपाकी सीता बस्नेत रहेका छन् भने सदस्यहरुमा शनिअर्जुनका केदारमान तथा मुना बस्नेत, काकडभिट्टाका बिरेन्द्र (बिदुर) बस्नेत, गौरादहका गोविन्द तथा उत्तम बस्नेत, तोपगाछीका रामकुमार तथा इन्द्र बहादुर बस्नेत, शिवसताक्षीका उपमान तथा गोवद्र्धन बस्नेत, बैगुनधुराका नगेन्द्र बस्नेत र दमकका गणेश बहादुर बस्नेत रहेका छन् ।
खप्तडी बस्नेत वन्धु उत्थान तथा वंशावली समितिको विधान अनुसार कार्यसमितिमा २७ जना रहने भनेता पनि उक्त भेलाले १६ सदस्यलाई चयन गरेको छ भने बाँकी सदस्यहरु भने झापा जिल्लाका सबै क्षेत्रलाई समेट्ने गरी मनोनयन गरिने बताइएको छ ।
यो अभियानले दुई दशक अघि प्रकाशित भएको प्रथम खप्तडी बस्नेत वंशावलीमा नेपालका विभिन्न भाग लगायत बिश्वका विभिन्न क्षेत्रमा रहेका खप्तडी बस्नेतहरुको वंश पहिचान छुटेको पाईएको छ, यसर्थ प्रथम वंशावलीमा वंश पहिचान हुन छुटेका सम्पूर्ण खप्तडी बस्नेतहरुलाई संगठित गर्दै वंशजको नामावली संकलन गरि दोस्रो वंशावलीको पुनः परिमार्जन गरि दोस्रो संस्करण निकाल्ने काम गर्ने उद्देश्य अनुरुप थालिएको हो । प्रथम वंशावली निकाल्न २ दशक अघिबाट गौरीगञ्ज झापाका राम बहादुर बस्नेतले अभियान चलाएर प्रथम वंशावली निकालिएको थियो ।
कार्यक्रममा खप्तडी बस्नेतहरुको आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्दै भारतको विभिन्न प्रान्तहरु लगायत नेपालमा गरिदैं आइएको कूल पुजा संस्कृतिमा एकरुपता ल्याउने काम गरि वंशको मौलिक संस्कृति को संरक्षण गर्ने कार्य यो एकता अभियान विषयमा छलफल समेत भएको थियो ।


शिव नर्वेश्वर शिवालय मन्दिर परिसरमा सम्पन्न भेलामा खप्तडी बस्नेत वन्धु उत्थान तथा वंशावली समितिका केन्द्रीय अध्यक्ष शिवबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा समाजसेवी गोपाल बस्नेत, वंशलता पुरुष राम बहादुर बस्नेत लगायतको मन्तव्य रहेको थियो ।
डम्बर बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत जितेन्द्र बस्नेतले तथा औचित्य माथि प्रकाश भोलाकाजी बस्नेतले गरेका थिए भने कार्यक्रम सञ्चालन रमेश बस्नेतले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर