Aamsanchar

बाकसमा थुनिएर बालकको मृत्यु

Author Image
आइतवार, फागुन १, २०७३

दाङ ।

दाङमा कपडा राख्ने बाकसमा थुनिएर एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पञ्चकुले गाविस–८ ढोलपुर निवासी चित्रबहादुर डाँगीका सात वर्षीय छोरा दिपेश डाँगी रहेको इलाका प्रहरी कार्यालय, खिलतपुरका प्रहरी निरीक्षक इन्द्रबहादुर साउदले जानकारी दिनुभएको छ ।

शनिबार बेलुकीदेखि हराइरहेका बालक आज बाकसमा मृत अवस्थामा फेला परेका थिए । बालककी हजुरआमाले चिसो भएर बर्की (सल) झिक्न बाकस खोल्ने क्रममा उनी मृत अवस्थामा भेटिएका हुन् ।

बाकसभित्र पसेर पैसा खोज्ने क्रममा एक्कासी ढक्कन लागेर कुण्डीमा अड्किएपछि निसास्सिएर बालकको मृत्यु भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

बालकको हातमा रु १० भएकाले बालक घरको एक तलामाथि बाकस राखेको ठाउँमा पैसा खोज्न गएको हुनसक्ने प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको छ ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर