Aamsanchar

किशोरीको सामूहिक बलात्कार, मोवाइलमा भिडियो, दुई जना पक्राउ

Author Image
सोमवार, फागुन २, २०७३

कपिलवस्तु,

कपिलवस्तुको पकडी गाविसमा एक किशोरीको सामूहिक बलात्कार भएको छ । पकडीकी १७ वर्षकी किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो ४ बजे किशोरीको सामूहिक बलात्कार गरेको कुरा भिडियोबाट सार्वजनिक भए लगत्तै प्रहरीले पकडी–४ पिचुर्खीका राहत मुसलमान र बब्लु मुसलमानलाई पक्राउ गरेको हो ।

पक्राउ परेका युवाको मोवाइलबाट खिचेको भिडियो अनुसार घटनामा पाँच जनाको संलग्नता रहेको स्पष्ट देखिएको छ । पकडी–४ पिचुर्खी स्थित मर्थी नदीको तटमा उनीहरुले किशोरीको बलात्कार गरी भिडियो बनाएका हुन् ।

पीडितले दिएको जाहेरीका आधारमा घटनामा संलग्न रहेका अन्यको खोजी भइरहेको प्रहरी उपरीक्षक भोजजंग शाहीले बताउनुभयो ।

घटनामा संलग्न रहेकामाथि जबरजस्ती करणी मुद्दा अन्तर्गत कानुनी प्रक्रियाअघि बढाउन आफूले प्रहरीलाई स्पष्ट निर्देशन गरिसकेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताउनुभयो । पीडितका परिवारजनले घटनामा संलग्न रहेकालाई कडा कारवाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर