सिरहा,
इलाका प्रहरी कार्यालय गोलबजारले छोरी बलात्कार गरेको आरोपमा ४५ वर्षका बुवालाई पक्रेको छ ।
उनले १५ वर्षकी छोरीमाथि पटक पटक बलात्कार गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजेन्द्र कुमार उपाध्यायले बताउनु भयो ।
आरोपितले पछिल्लो पटक फेरी बलात्कार प्रयास गरेपछि छोरीले आफ्नी फूपुलाई जानकारी गराएको प्रहरीको भनाई छ । प्रहरीलाई उनकी फूपुले जानकारी गराएको बताइएको छ । प्रहरीले आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 114