खोटाङ,
डिएसपीलाई गालीगलौज गर्दा खोटाङका एक युवक प्रहरीको फन्दामा परेका छन् । तीन जना बोकेर बाइक चलाइरहेका अवस्थामा सोधपुछ गरेका डिएसपी नबिनकिशोर प्रधानलाई गालीगलौज गर्दा छोरम्बुका प्रबिण राई प्रहरीको फन्दामा परेका हुन् ।
मादक पदार्थ सेवन गरेको अवस्थामा राईले र्आतबार फोक्सिङटारमा प्रहरी पोशाकमै रहेका डिएसपी प्रधानलाई गालीगलौज गरेको प्रहरीले जनाएको छ । बिना हेल्मेट एउटै बाइकमा तीन जना चढेको भेटिएपछि सोधपुछ गरेकामा राईले डिएसपी प्रधानलाई गालीगलौज गरेका थिए ।
डिएसपीलाई गालीगलौज र हातपातको प्रयास गरेपछि पक्राउ परेका राईलाई सोमबार सार्वजनिक मुद्दा चलाइएको छ ।खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारको बेलिब्रिज अनुगमन निरीक्षणमा गएका डिएसपी प्रधानलाई राईले गालीगलौज गरेका थिए ।
स्थानीय बासिन्दालाई ट्राफिक नियमको बिषयमा सोधेको भन्दै राई आफूमाथि आइलागेको डिएसपी प्रधानले बताउनुभयो ।