Aamsanchar

प्रधानमन्त्री कार्यालयका सचिवबाट निर्देशन

Author Image
मङ्गलवार, फागुन ३, २०७३

भद्रपुर।

जिल्ला प्रशासन कार्यालय, झापाद्वारा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्माले आज जिल्लाका विकास निर्माणका विषयमा कार्यालय प्रमुखहरुसँग विस्तृत जानकारी लिनुभयो ।

सो अवसरमा प्रजिअ उत्तरकुमार खत्रीले जिल्ला वस्तुस्थितिका बारेमा विस्तृत जानकारी दिएपछि स्थानीय विकास अधिकारी खेमराज ओझा, कोष तथा लेखा नियन्त्रक कार्यालय, भद्रपुरका प्रमुख ज्ञानेन्द्र ओझा, सहरी विकास तथा भवन डिभिजन कार्यालय इलामका प्रमुख कुमार घिमिरे, सडक डिभिजन कार्यालय दमकका प्रमुख राजेश यादव, सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुरका इन्जिनियर सागर पोखरेललगायत सबै विकास कार्यालयका प्रमुखले चालु आवमा भएका कामको विवरण प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा सचिव शर्माले विकास निर्माणले नै मुलुकको प्रगति र अधोगति देखाउने भएकाले यसमा सबैले सजत र सतर्क रहनुपर्ने बताउनुभयो ।

उहाँले कामको गुणस्तरमा विशेष ध्यान दिन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै भवन तथा सहरी विकास डिभिजन कार्यालय मातहतमा रहेका योजना समयमै सम्पन्न हुने सङ्केत नदेखिएकामा दुःख व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)