Aamsanchar

आर्मी र पुलिसको विजयी सुरुवात

Author Image
मङ्गलवार, फागुन ३, २०७३

ताप्लेजुङ।

दोस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेका छन् ।

जिल्ला भलिबल सङ्घ ताप्लेजुङको आयोजनामा सदरमुकाम फुङ्लीङमा आजदेखि सुरु भएको खेलमा आर्मी र पुलिसले समान ३–३ अङ्क जोडेका छन् ।

आर्मीले मध्यमाञ्चल र पुलिसले पूर्वाञ्चल विकास क्षेत्रलाई सोझो सेटमा हराएका थिए । आर्मीले २५–१०, २५–१७ र २५–१० ले हराएका छन् भने पुलिसले २५–१८, २५–१३ र २५–१४ ले हराएको हो ।

प्रतियोगितामा तीन विभागीय टिमसहित पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्र सहभागी छन् । प्रतियोगिताको विजेतालाई रु तीन लाख ३० हजार र उपबिजेतालाई रु एक लाख ६५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तेञ्जी शेर्पाले गरेका थिए ।

बुधवारको खेलमा एपिएफ र पुलिस तथा पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रबीच प्रतिस्पर्धा हुनेछ । खेल पर्यटनको माध्यमबाट जिल्लालाई देश तथा विदेशमा प्रचार प्रसार गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिता फागुन ७ गते सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर