Aamsanchar

उत्तर कोरियाली नेताका किमका दाजु मारिए

Author Image
बुधवार, फागुन ४, २०७३

एजेन्सी :

उत्तर कोरियाली नेता किम जोङ अनका दाइलाई मलेसियाका प्रहरीले मारेको पुष्टि गरेको छ। मलेसियाको प्रहरीले जोङका सौतेनी दाइलार्इ मलेसियाको राजधानी क्वालालम्पुरमा मारेको पुष्टि गरेको हो।

मलेसियाको प्रहरीका अनुसार क्वालालम्पुरको विमानस्थलमा ४५ वर्षीय किम जोङ नामलाई निशाना बनाइएको थियो । बिबिसीले मलेसियाको प्रधानमन्त्री कार्यालय निकट स्रोतलाई उद्धृत गर्दै उनी मारिएको पुष्टि भएको बताएको छ। अहिले उनको शवको जाँचबुझ भइरहेको मलेसियाली प्रहरीले जनाएको छ।

मलेसियाका एक वरिष्ठ प्रहरी अधिकारीले सोमबार विमानस्थलबाट अस्पताल जाने क्रममा किम जोङ नाम गरेका व्यक्तिको मृत्यु भएको बताएको बिबिसीले जनाएको छ। मृत्यु भएका भनिएका किम उत्तर कोरियाका भूतपूर्व नेता किम जोङ इलका जेठा छोरा हुन् ।

त्यसैगरी दक्षिण कोरियाको सरकारी सञ्चार संस्था योनहाप र रोयटर्स समाचार संस्थाले समेत दक्षिण कोरियाली सरकारी स्रोतलाई उद्धृत गर्दै किमको मृत्यु भएको समाचार प्रकाशित गरेका छन्।

यस अघि किम सन् २००१ मा नक्कली राहदानीको प्रयोग गरेर जापान जाने क्रममा पक्राउ परेका थिए।  कुनै समयमा किम जोङ इलका सम्भावित उत्तराधिकारी ठानिएका किमको त्यो घटनापछि आफ्ना पितासँग सम्बन्ध बिग्रिएको थियो।

बुबासँग सम्बन्ध बिग्रिएसँगै जोङ इलको उत्तराधिकारी कान्छा भाइलाई बनाउने निर्णयसँगै किम जोङ सार्वजनिक रुपमा देखिएका थिएनन् । उनले यसअघिको समय समेत विदेशमै बिताएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

उनको हत्या कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइए पनि हत्याको प्रक्रियाबारे भने केही बताइएको छैन् ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)