Aamsanchar

आगलागीबाट झापामा दुई घर जल्यो,लाखौंको क्षति

Author Image
बिहिवार, फागुन ५, २०७३

दमक :

झापाको गौरादहमा गएराति आगलागी हुँदा दुईवटा घर पूर्णरुपमा जलेका छन्।

गौरादह नगरपालिका–१ बेलडाँगी चोकस्थित देवराज लिम्बुको २ तले काठको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब ४१ लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। आगलागीबाट घरमा रहेका गरगहना, खाद्यान्न, लत्ता कपडासहित पशुचौपायासमेत जल्दा २९ लाख ९१ हजार बराबरको क्षति भएको बताइएको छ।

यसक्रममा त्यससँगै जोडिएको एक तले पक्की घरमासमेत क्षति पुगेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले जानाकारी दिए। आगलागीबाट सोही घरमा भाडामा बसेका धनसिंह लिम्बुको २ लाख ५० हजार नगदसहित सम्पूर्ण सामान जल्दा ११ लाख २९ हजार बराबरको क्षति भएको जनाएको छ।

राति करिब साढे १ बजेबाट लागेको आगो करिब ३ घण्टापछि दमक नगरपालिका र बिर्तामोडको दमकलको सहायतामा प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए। आगलागी प्रभावित परिवारका सदस्यहरु भने सकुसल रहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)