Aamsanchar

चारपानेको मुहार फेरिदै

Author Image
बिहिवार, फागुन ५, २०७३

चारपाने चौकमा असमथल स्थानमा माटो भर्ने कार्यहुदै ।

झापा, विर्तामोड २ र  शनिअर्जुन नगरपालिका वडा नं. ४ को केही भागलाई कार्यक्षेत्र तयगरी सो ठाउ“लाई नेपालकै नमुना ठाउको रुपमा विकास गर्ने उदेश्यका साथ स्थानिय नागरिक हरुले चारपाने अर्जुनधारा विकास समाज गठनगरी विकास कार्यलाई  अघी बढाउन सुरु गरेका छन ।
एक बर्ष अघी विधिवत रुपमा दर्ता गरेर सुरु गरिएको विकास कार्ययोजना अन्तरगत हाल सम्ममा चारपानेमा सोलारबत्ती, विधुत, टेलिफोन, केवल लाईन तारलाई सडक मापदण्ड अनुसार व्यवस्थित स्थानमा स्थान्तरण गर्नेकार्य, बस स्टेनलाई जिल्ला ट्राफिक संगको समन्वयनमा पूर्व पस्चिम दुईसय मिटर पर सार्नेकार्य र सामाजिक एकताकालागी विविध गतिविधीहरु समाजले गर्दै आएको छ ।  समाजले गरेको विकास कार्यमा स्थानिय सरोकारवाला हरुलेपनि विकास साजेदारी लाई आर्थिक सहयोग गर्दे आएका समाजका प्रवक्ता तारानिधी पराजुलीले बताएका छन ।
तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 125

प्रतिक्रिया (०)