Aamsanchar

नेकपा(माओवादी)को बन्दसत्रमा राजनीतिक प्रतिवेदन

Author Image
बिहिवार, फागुन ५, २०७३

रोल्पा ।

नेकपा(माओवादी) को आजदेखि स्थानीय थवाङमा सुरु भएको पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा महासचिव नेत्रविक्रम चन्दले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

देशभरबाट आएका आठ सय प्रतिनिधि र दुई सय पर्यवेक्षकले बन्दसत्रमा सहभागिता जनाएको तथा भारत, बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सलगायत दर्जन बढी भाइचारा पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको माओवादीले बताएको छ । शुक्रबार महासचिवको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी तथा पार्टीको नयाँ विधान समूहगत रुपमा छलफल हुने बताइएको छ ।

महाधिवेशनमा पार्टी स्थायी समिति, पोलिटब्युरो तथा केन्द्रीय सदस्य एवम् अञ्चल ब्युरो र हरेक जिल्लाबाट कम्तीमा एक र बढीमा १० जनासम्म प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।

महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक र अन्य पाहुनालाई जनताकै घरमा बस्ने व्यवस्था मिलाइएको स्थानीयवासी अमित घर्तीले बताउनुभयो । शान्ति प्रक्रियापछि माओवादी नेतालाई आफ्नै गाउँघरमा देख्दा जनयुद्धकालीन समयको याद आएको उहाँले बताउनुभयो ।

बन्दसत्र सुरु हुनुअघि पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले बन्दसत्रको रुपरेखाबारे पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो । यही फागुन १ गते काठमाडाँैको खुलामञ्चमा उद्घाटन भएको आठौँ महाधिवेशनको बन्दसत्र फागुन १० गतेसम्म चल्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर