Aamsanchar

शिक्षा नियमावली चाँडै ल्याइने

Author Image
बिहिवार, फागुन ५, २०७३

काठमाडौँ।

सार्वजनिक शिक्षा क्षेत्रमा योगदान दिने तीन व्यक्तित्वलाई शिक्षा पत्रकार समूहको १७ औँ वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको छ ।

शिक्षा तथा लैङ्गिक समताका क्षेत्रमा कार्यरत दिदीबहिनी संस्थाका संस्थापक अध्यक्ष सलोनी सिंह, सिन्धुपाल्चोक मेलम्ची घ्याङ माविका प्रअ पूर्ण गौतम र पाल्पास्थित देववाणी संस्कृत तथा साधारण माविका शिक्षक कृष्णबहादुर थापालाई सम्मान गरिएको हो ।

कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले सार्वजनिक शिक्षाको सुधार र विकासका लागि शिक्षा ऐनबमोजिम चाँडै शिक्षा नियमावली आउने जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले सरकारले शिक्षा नियमावली ल्याउन ढिलाइ गरेकामा गुनासो गर्दै समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसक्ने निकायलाई कारबाही गर्न माग गर्नुभयो । सांसद् जीवन परियार, शिक्षा मन्त्रायका सचिव शान्तबहादुर श्रेष्ठ, शिक्षाविद् प्रा केदारभक्त माथेमालगायतले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षक जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)