Aamsanchar

भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण

Author Image
बिहिवार, फागुन ५, २०७३

काठमाडौँ ।

सरकारले भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण गरेको छ ।  भूकम्पबाट क्षति भएका १४ जिल्लाका भूकम्पबाट भत्किएका सात हजार ९२३ विद्यालयमध्ये एक हजार ४९ विद्यालयमा पुनःनिर्माण गरिएको शिक्षा मन्त्रालयका सहसचिव एमनारायण श्रेष्ठले जानकारी गराउनुभयो ।

शिक्षा पत्रकार सञ्जालले यहाँ आज आयोजना गरेको भूकम्पपछि विद्यालय पुनःनिर्माणको अवस्थाबारे अन्तक्र्रिया कार्यक्रममा उहाँले सरकार, विभिन्न दातृ निकाय संस्थाको सहयोगमा ती विद्यालयको पुनःनिर्माण गरिएको बताउनुभयो ।

तीमध्ये जापानी सहयोग नियोक (जाइका)ले छ जिल्ला र एसियाली विकास बैंक आठ जिल्ला गरी १०२ तथा विभिन्न गैरसरकारी संस्थाले ८८ विद्यालय बनाएका छन् । बाँकी सरकारी बजेटमा विद्यालय निर्माण गरिएका छन् ।

सहसचिव श्रेष्ठले भूकम्पबाट क्षति भएका विद्यालय बनाउन सरकारले रु चार अर्ब बजेट विनियोजन गरेको बताउनुभयो ।

भूकम्पबाट क्षति भएका जाइकाले २८३, एसियाली विकास बैंकको सहयोगमा १७५, चीनको सहयोगमा १२ जिल्लाका १७ विद्यालय अनुदानमा बनाउने समझदारी भएको छ । यसैगरी भारतीय सहयोगमा सात जिल्लाका ७० विद्यालयमा बनाउने तयारी भइरहेको छ ।

सरकारको विभिन्न दातृ निकायबाट दुई हजार ८०२ विद्यालय बनाउने लक्ष्य रहेको छ ।
दातृ निकायबाट रु एक खर्ब ८० अर्ब विद्यालय निर्माणका लागि कुरा भए पनि अहिलेसम्म ५५ अर्बको स्रोत पहिचान भएको उहाँले बताउनुभयो ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विभागले असारमसान्तसम्म ४४ जिल्लामा चार हजार ४१० कक्षाकोठा बनाउने बताउनुभयो । उहाँले देशभरि नै दुई लाख २८ हजार कक्षाकोठा बनाउन आवश्यक पर्ने भए पनि ५७ हजार ७४६ कक्षाकोठा बनाउने विभागको योजना रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले सरकारले विद्यालय पुनःनिर्माणका लागि पर्याप्तमात्रामा बजेट नछुट्याएकाले सुस्त गतिमा काम भइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)